जेष्ठ नागरिक मिलन केन्द्र दमाैलीकाे अध्यक्षमा चित्रबहादुर

जेष्ठ नागरिक मिलन केन्द्र दमाैलीकाे अध्यक्षमा चित्रबहादुर

ज्येष्ठ नागरिक मिलन केन्द्र व्यास ३ दमौलीको २५ औं साधारण सभा तथा छैटों अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले चित्रबहादुर क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा जया न्यौपाने,सचिवमा रेवतबहादुर कुँवर,कोषाध्यक्षमा ज्ञानहरी शर्मा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा दुर्गाभक्त अधिकारी,रिखुराम रानाभाट,हिरा बराली,चोलीमाया मल्ल ठकुरी,हेमलाल श्रेष्ठ,कृष्णराज खनाल र लक्ष्मण श्रेष्ठ चयन भएका छन् । अधिवेशनमा निर्वाचन सहयोगी विकास गुरुड र निर्वाचन अधिकृत केशव भट्टराई रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page