व्यासकाे सिद्धे डाँडामा भुमाफियाकाे गिद्धे नजर , २० राेपनी जग्गा कप्लक्कै पार्ने दाउ !

व्यासकाे सिद्धे डाँडामा भुमाफियाकाे गिद्धे नजर , २० राेपनी जग्गा कप्लक्कै पार्ने दाउ !


व्यास नगरपालिका वडा नं ११ स्थित तनहुँसुर नजिकैको सार्वजनिक सिद्धे डाँडाेलाइ दर्ता गरेर कप्लक्कै पार्न भुमाफियाहरूले चलखेल गरेको पाइएको छ । व्यास नगरपालिकाले प्याराग्लाइडिङकाे सम्भाब्यता अध्यनकाे लागि ६ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका थिए । उडान परिक्षण हुँदा उक्त ठाउँमा परिक्षण सफल भएको थियो । परिक्षण उडान सफल भए पछि व्यवसायीक उडानको लागि अगाडि बढेको बेला जग्गा हडप्नकाे लागि भुमाफियाहरूकाे चलखेल सुरु भएको हाे ।

प्याराग्लाइडिङकाे लागि भन्दै नगरपालिकाले बाटो समेत लगेको बेलामा जग्गाको भाउ महंगो हुने भन्ने बुझेर त्यहाँ चलखेल भएको हाे । लामो समयदेखि सिरू घारी रहेको जग्गामा व्यवसायीक क्षेत्र हुने भयो भनेर केही मानिसहरू भुमि आयाेग धाउँदै दर्ताको लागि सलवलाएकाे स्थानीयले बताएका छन् । यस सम्बन्धमा टाेल अध्यक्ष गंगा बहादुर घर्ती सँग सम्पर्क गर्दा बाउबाजेले चर्चिएकाे जग्गा हामीले दर्ता गर्न पाउनुपर्छ भनेर केही व्यक्ति आएपछी बिवाद भएर हाललाई ननाप्ने निर्णय टाेललेनैँ गरेको जानकारी दिए । हामीले टाेलकाे भेला राखेर नैँ बिवाद भए पछि जग्गा ननाप्ने निर्णय गरेको उनलेे बताए ।

यता यस सम्बन्धमा वडा नं ११ का अध्यक्ष दलबहादुर दुरा सँग सम्पर्क गर्दा उक्त ठाउँमा बिवाद भए पछि काम राेकिएकाे बताए । सरकारले छुट जग्गा नाप्नकाे लागि भनेपछि अरू सबैले नाप्दा हामीले पनि पाउनुपर्छ भनेर केही व्यक्ति आएकाे गाउँलेहरूले बताएका छन् । बिवाद भए पछि भुमी आयाेगका प्राविधिकहरू समेत उक्त जग्गा ननापी फर्केकाे एक प्राविधिक कर्मचारीले बताए । हामीले बिवाद भएको ठाउँमा नाप्दैनाैं , उनलेे भने । उक्त डाडो करिब २० राेपनीकाे रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page