आँबुखैरेनीकाे बरादीमा भएको स्कुटर दुर्घटनामा कार्कीको मृत्यु
पृथ्वीराजमार्ग स्थित आँबुखैरेनी गाउँपालिका–१, बरादी पुल नजिक भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा धरान उपमहानगरपालिका–८, सुनसरी निवासी २९ वर्षीय समिर कार्की भएको बताइएको छ ।

को २८ प २४२२ रातो रङ्गको स्कुटर पुलको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका कार्कीलाई स्थानीयको सहयोगमा सुरुमा आँबुखैरेनी अस्पताल पुर्याइयो थियो । तत्पश्चात गम्भीर अवस्था रहेकाले उनलाई CMC हस्पिटल, चितवन रिफर गरिएको थियो।
तर अत्यधिक रक्तस्राव र पेट, अण्डकोषमा गम्भीर चोटका कारण साँझ ७:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका बताइएको छ ।
फाेटाे राजेश कार्की

























