साउन ७ गतेदेखि बेपत्ता बेलबासका कमलेस अझै भेटिएनन् , खाेजी तिव्र ,५ जना पक्राउ
२०८२/साउन१२, ब्यास नगरपालिका वडा नं १३ बेलवासका कमलेस चन्द ठकुरी ऋषिङ १ झापुटारबाट साउन ७ गतेदेखि वेपत्ता भएका छन् । स्थानीय , प्रहरी तथा आफन्तहरूले उनको खाेजी तिव्र बनाएपनी अहिलेसम्म भेटिएको छैन । उनी जिवित छन् या छैनन् भन्ने पनि यकिन छैन । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धानलाइ तिव्र बनाएको छ र अहिलेसम्म संकास्पद ५ जनालाई नियन्त्रणमा लिएको छ ।

कमलेसका बुवा दिलबहादुर चन्दका अनुसार ७ गते रातिदेखि झापुटारबाट छाेराे हराएको हाे । मेरो छाेराेकाे कि लास कि सास चाहियो , त्यसकै लागि प्रहरी कार्यालयमा न्याय माग्न आएका हाैं , जिल्ला प्रहरी कार्यालय अगाडि उनलेे भने । छाेराेलाइ केही युवाहरूले लखेटेर रहस्यमय तरिकाले बेपत्ता बनाएको उनलेे बताए । कसैले ढुंगा हान्ने कसैले धारिलो हतियार प्रहार गर्ने भन्ने सुन्नमा आएकाे छ यसको निस्पक्ष छानबिन गरि दाेषिलाइ कडा कारबाही हुनुपर्दछ उनलेे भने ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा घटना सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । हामीले ऋषिङ्गका विभिन्न ठाउँबाट पहिले ३ जना र पछि २ जना गरि ५ जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिएका छाैँ उनलेे भने । उनीहरू माथि अभद्र व्यवहारमा म्याद थप गरिएको छ । यस्तै दुइजना युवतीहरू पनि अनुसन्धानकाे दायरामा रहेको डिएसपी थापाले बताए ।
























