पृथ्वीराजमार्गकाे चुनपहरामा पहिराे खस्दा यातायात अवरुद्ध
पृथ्वी राजमार्गको बन्दिपुर -४ बिमलनगर चुनपहरामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । राति ८.४० मा सुख्खा पहिरो खस्दा दुवै तर्फकाे बाटाे अवरुद्ध भएको बताइएको छ ।

राजमार्ग अवरुद्ध भए पछि सवारीसाधनहरूले गाेर्खाकाे च्याङ्लीङ तर्फकाे बैकल्पिक मार्ग प्रयाेग गरेका छन् ।

























