मन्दिरको दान पेटिका फुटाइ रकम चोरी गर्ने मध्यनेपालका सन्तोष पक्राउ

मन्दिरको दान पेटिका फुटाइ रकम चोरी गर्ने मध्यनेपालका सन्तोष पक्राउ

साउन १३, लमजुङकाे बेसीशहर न.पा वडा नं. १ उदीपुर स्थित रहेको कालिकामाई मन्दिरको परिसरमा रहेको दानपेटिका फोडी रकम चोरी गरी फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल न.पा वडा नं. ७ ढाडबेसी बस्ने बर्ष ३१ को सन्तोष गुरुङ रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरी टोलिले सुन्दरबजार न.पा वडा नं. ८ स्थितमा फेला पारी पक्राउ गरेकाे हाे ।

पक्राउ परेका सन्तोषलाइ लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा दिन ७(सात) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको लमजुङ प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page