न्यु भिजन युथ क्लव जामुनेकाे अध्यक्षमा सन्तोष
न्यु भिजन युथ क्लव म्याग्दे २ जामुनेकाे पाचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा अमिर श्रेष्ठ , सचिवमा अबजित श्रेष्ठ , सहसचिवमा बिधान रानाभाट , काेशाध्यक्षमा विनोद विक र सहकाेशाध्यक्षमा रेश्मा श्रेष्ठ चयन भएका छन् ।

समितिकाे सदस्यहरूमा वर्षा श्रेष्ठ , निराेज श्रेष्ठ , सागर रानाभाट , जमुना शाही , सफलता गाैली , देव सुनार र जाेराम श्रेष्ठ चयन भएका छन् ।
साेहि अवसरमा विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसअनुसार प्रेस तथा खेलकुद संयाेजकमा नवराज शाही , अनुशासन संयाेजकमा विशाल श्रेष्ठ , सांस्कृतिक संयाेजकमा रजन श्रेष्ठ र सरसफाइ संयाेजकमा सन्दिप श्रेष्ठ चयन भऐका छन् ।

























