बिजुलीको पाेल बिच बाटोमा हुनुको यस्तो छ रहस्य !

व्यास नगरपालिका वडा नं ४ सिमलटारमा रहेको एउटा बिजुलीको पाेलले केही समय अगाडि देखि निकै चर्चा पाएकाे छ । चर्चा यसकारणकि उक्त बिजुलीको पाेल पिच बाटोकाे बिचमा छ । बाटोकाे बीचैमा पाेल देखिएपछि चर्चा पाउनु स्वाभाविक पनि हाे ।

बिजुलीको पाेल पहिलाको कि पिच बाटो पहिलाको प्रश्न यहाँनीर छ । त्यहाँ पहिला कच्ची माेटरबाटाे थियो , त्यो बेलासम्म बिजुलीको पाेल बाटोकाे छेउमा थियो । बिजुली अफिसले पाेल ठिक ठाउँमा गाडेको थियो । तर पछि बाटो बिस्तार एवम् पिचको काम अगाडि बढ्यो , जग्गावाला हरू बिच आफ्नाे जग्गा जाेगाउन बलजफ्ती भयो । त्यहीक्रममा केही सिमित मान्छेको स्वार्थले बाटोले फरक दिशा लियो र पिच गर्ने काम सम्म आइपुग्दा बिजुलीको पाेल बिच बाटोमा पर्याे ।
बिजुलीको पाेल सार्न पटकपटक टाेल तथा वडाले प्राधिकरणमा पहल गरेकाे स्थानीय बताउँछन् । तर प्राधिकरणले त्यस्तो कामको लागि बजेट नहुने जवाफ दियो , ती स्थानीयले भने । प्राधिकरणले त बाटोकाे छेउमा पाेल गाडेको हाे , पछि उपभोक्ता बिच कुरा नमिल्दा बिचमा देखिएको हाे,त्यसमा हाम्रो गल्ती छैन प्राधिकरणले त्यस्तो जवाफ दिएर पठाएको ती स्थानीयले भने ।

यता प्राधिकरणले भने यसरी सबै पाेल उखेल्दै सार्दै गर्दा एकत बजेट नहुने र अर्को त्यस्तो काममा भुलेर बस्न प्राधिकरणलाई फुर्सद नहुने बताएको छ । हामीले स्थानीय स्तरवाट गुनासो आएपछि लागत स्टमेट सहित फाइल खडा गर्याैं , त्यसमा करिब २८ हजार खर्च लाग्ने देखियो , त्यो पैसा टाेलबाट उपलब्ध हुन सके तत्कालै काम हुने जानकारी गरायौं तर टाेलवाट त्यो हुन नसक्दा काम नभएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page