गृह जिल्ला तनहुँमा लाेक तथा दाेहाेरि गायिका आशा वि सी सम्मानित


गाउँ सेवा कोष जिल्ला शाखा कार्यलय तनहुँको ४७ औँ पुरस्कार तथा सम्मान द्वारा चर्चित लाेकदाेहाेरि गायिका आशा वि सी सम्मानित भएकि छन् । तनहुँकाे भानु नगरपालिका वडा नं १२ कवाजितमा जन्मेकि आशाले गीत सङ्गितकाे माध्यमबाट तनहुँलाई चिनाएकाे भन्दै सम्मान गरिएको हाे । आशाले सयौं गीतमा लाइभ दाेहाेरी तथा अन्य गीत रेकर्डिङ गरिसकेकि छन् ।

सम्मानित भए पछि प्रतिक्रिया दिँदै उनले दमाैलीमा आयाेजित एक भब्य कार्यक्रममा साम्मानीत हुन पाउँदा निकै खुसी लागेको भन्दै यसले सङ्गीत कर्म प्रती अझै धेरै जिम्मेवार थपिएको महसुस भएको बताएकी छन् ।
सम्मानित भए पछि आशाले गुरु पदम अधिकारी , मनोज अधिकारी , कल्याण बिक्रम अधिकारी , पर्शुराम गिरी , अशोक अधिकारी लगायत सिङ्गो तनहुँ बासी प्रती हृदय देखिनै धन्यवाद दिएकि छन् ।

काे हुन् आशा !
तनहुँकाे पहिचान तनहुँकाे माटोमा जन्मेकि मिठो सुमधुर स्वरकि धनी,शब्द चयन गायन प्रस्तुति शैली , सदाबाहर ब्युटि क्विन , मार्मिक गित , गित संगित क्षेत्र चर्चित लाेकदाेहाेरि गायिका हुन् आशा वि सी !
सधैं मुहारमा चमक र मुस्कुराहट रहिरहने , अब्बल , सुरिलो अायामकि धनी लाखौं स्रोताका मनमुटुमा बस्न सफल अनुशासित सभ्य सुसँस्कृत र असल लाेकप्रिय चर्चित गायिका हुन् आशा वि सी ।
उनी विगत ११ बर्षदेखि अनवरत रूपमा गित संगितकाे क्षेत्रमा लागिरहेकि छन् । घरायसी समस्या सँगै अन्य विभिन्न कारणहरूले १६ बर्षकाे उमेर देखि केही गराैँ भनेर घर छाेडेर हिड्न बाध्य अाशाका सुरुवाति दिनहरू कस्टकर र चुनाैतिपुर्ण थिए । अार्थिक अवस्था कमजोर भएको कारण बुवा कामको शिलशिलामा इण्डिया , अामा घर धान्दै घाँस दाउरा , मेलापातमा रहनुपर्ने , ठुलो दिदिकाे सानैमा बिहे भएकाे हुँदा माइलि छाेरिकाे रूपमा घरकाे जेठि बनेर घर रेखदेख , भाइबहिनी पढाउन पर्ने बाध्यता सँगै अाँफुले पढ्न नपाएपनि भाइबहिनी लाइ केही गरि कमाएर पढाउछु भन्ने साेचका साथ अाशा पाेखरा हानीएकि थिइन् ।
सुरुमा गण्डकी दाेहाेरिमा काम गरेकि अाशाले ठुलो ठाउँकाे बसाइ ठुलै हुन्छ काठमाडौं जाउ भनेर सुभचिन्तकले दिएको सल्लाह लाई मनन गरिन् र काठमाडौ जाने साेच बनाइन् । अाशा थप्छिन् : मलाई धेरैले तिम्रो स्वर धेरै राम्रो छ काठमाडौ जाउ भन्ने सल्लाह दिनुभयो । यस पछि नैं अाँफु काठमाडौं पसेको बिसि बताउँछिन् । यिनै आशालाइ अहिले गाउँ शेवा काेशले सम्मान गरेको हाे ।
विसी सँगै कबि ,गीतकार साहित्यका उज्वल नक्षत्र , तनहुँकाे सेराेफेराे गितका सर्जक श्रीराम भट्टराई लाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।




































