ऋषिङकाे दिउली खाेला पुलको मन्त्री आलेले गरे शिलान्यास

तनहुँकाे दक्षिणी भेगमा पर्ने ऋषिङ गाउँपालिकाको वडा नं १ र ३ जोड्ने दिउली खोला माथि मोटरेवेल पुल निर्माण गरिने भएको छ ।

मोटरेवेल पुलको शुक्रबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शिलान्यास गरेका छन् । पुल शिलान्यास समारोहमा बोल्दै मन्त्री आलेले पुल निर्माण भएसगै दुरदराजका जनतालाई सुविधा पुग्ने बताएका थिए । पुल गण्डकी प्रदेश सरकार र ऋषिङ गाउँपलिकाको करिब ४ करोडको लागतमा निर्माण गर्न लागिएको हो ।

पहिलो चरणमा १ करोडको काम हुने र आगामि वर्ष तीन करोड बिनियाेजन भइ काम हुने बताइएको छ । मोटरेवेल पुल शिलान्यास समारोहमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ समेत बोलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page