७२ वर्षकाे उमेरमा आँबुखैरेनीका दुर्गाले पाइन् नेपाली नागरिकता

७२ वर्षकाे उमेरमा आँबुखैरेनीका दुर्गाले पाइन् नेपाली नागरिकता

श्रावण २७ – तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ निवासी दुर्गा ठकुरीले ७२ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
आँबुखैरेनी गाउँपालिकाको विशेष पहलमा सोमबार आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर उनलाई नागरिकता प्रदान गरिएको हाे । दुर्गा ठकुरीलाई गाउँपालिका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर नागरिकता दिलाइएको वडाध्यक्ष दिनेेश केसीले जानकारी दिए।
“७० वर्षअघि आँबुखैरेनी आउनुभएकी उहाँको परिवार र वंशजबारे कसैलाई थाहा थिएन। सबैले दुर्गा ठकुरी भनेर चिन्थे। नागरिकता नभएपछि पहिचानविहीन हुनु भएको थियो। हामीले प्रक्रिया पूरा गरी नागरिकता दिलाएका हौं,” वडाध्यक्ष दिनेश केसीले भने ।

ठकुरीले विगत ४० वर्षदेखि आँबुखैरेनीस्थित सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा एक्लै बस्दै आएकी थिइन्। बाबुआमा वा अन्य पारिवारिक विवरण नखुलेकी ठकुरीलाई राज्यले बल्ल औपचारिक पहिचान दिएको हो।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, सम्बन्धित निकायहरूबाट आवश्यक प्रमाण र विवरण संकलन गरि सबै प्रक्रिया पुरा गरेर उनलाई नागरिकता प्रदान गरिएको हो।
फाेटाे मेरो साथी एफएम

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page