काङ्ग्रेस सभापति देउवा सहित एक दर्जन केन्द्रीय नेता तथा मन्त्रीहरू आज भिमाद आउने
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँको भिमादमा आउने भएका छन्। देउवा सहित काङ्ग्रेसका झण्डै एक दर्जन केन्द्रीय नेता तथा मन्त्रीहरू समेत भिमादमा आउने बताइएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे , स्वास्थ्य मन्त्री प्रदिप पाैडेल , पुर्व मन्त्री शंकर भण्डारी , केन्द्रीय सदस्य गाेविन्द भट्टराई , धुर्व वाग्ले , पुष्पराज पराजुली लगायतका नेताहरू आउने भएका हुन् ।

सहिद कल्याण खनालको स्मृति दिवसको अवसरमा भिमादमा निर्माण गरिएको खनालको अर्धकद शालिक सहितको स्मारक पार्कको अनावरण गर्न साउन २७ गते आज देउवा लगायतका नेताहरू आउने भएका हुन् । उक्त कार्यक्रम नेपाली काँग्रेस तनहुँको आयोजनामा र सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानको व्यवस्थापनमा हुने बताइएको छ ।

बिहान ११:३० बजे भिमाद नपा ७ स्थित शहिद कल्याण खनालको शालिक अनावरण र त्यसपछि भिमाद नगर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति सभाहुने नेपाली कांग्रेसका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले बताए। देउवाकाे कार्यक्रम भब्य बनाउन काङ्ग्रेसले व्यापक तयारी गरेको समेत श्रेष्ठले जानकारी दिए ।
























