अध्यक्ष श्रेष्ठले पूरा गरे बाचा ,मालपोत लाइनमा पनि आउनथाल्याे ३ तलामाथी खानेपानी

अध्यक्ष श्रेष्ठले पूरा गरे बाचा ,मालपोत लाइनमा पनि आउनथाल्याे ३ तलामाथी खानेपानी

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले आफ्नाे बाचा पूरा गरेका छन् । २०७५ सालमा नयाँ खानेपानी याेजना पुरा भए सँगै दमाैली बजारमा खानेपानी वितरण सुरु हुँदादेखी खासगरी मालपोत लाइन , सरकारी कार्यालय क्षेत्र , देउरालीनगर , शान्तिनगर , सत्यवती टाेल , पराषर टाेल लगायतका ठाउँमा खानेपानीकाे समस्या भएको थियो । त्यही समस्यालाई मध्यनजर गर्दै दमाैली खानेपानीका अध्यक्ष बुद्धिमान श्रेष्ठले जसरी पनि खानेपानीको समस्या भएको ठाउँहरूमा समस्याको समाधान गर्छु र खानेपानी पुर्याउँछु भनेर बाचा दिएका थिए । उनको यही बाचा र निरन्तरकाे मेहेनतले अहिले समस्या रहेका उक्त क्षेत्रहरूमा प्रयाप्त पानी वितरण भएको मात्रै छैन , तीनतला माथि समेत पानी चढेको छ । व्यास २ मालपोत लाइन स्थित सिद्धिविनायक टाेलका उपाध्यक्ष फिराेज श्रेष्ठले केही दिनयता धारामा खानेपानी प्रयाप्त आएकाे बताए । पानीको मात्रा बढेको छ , यस्तै सधैं भए हाम्रो टाेलतीर लामो समयदेखि रहँदै आएकाे खानेपानीको समस्या समाधान भएको मान्नुपर्छ श्रेष्ठले भने । सिद्बिविनायक आमा समुहकी अध्यक्ष विष्णु खनालले अहिले खानेपानी ३ तला माथि चढेको बताइन् । अहिले त धारामा पानी फाेर्सले आएकाे छ उनले भनिन् ।


अहिले हामीले खानेपानी ट्याङ्कीबाट सिधै पाइप जाेडेर देउरालीनगर लाई खानेपानी दिएका छाैं खानेपानी अध्यक्ष बुद्धिमान श्रेष्ठले भने । लामो समयदेखिकाे समस्या समाधानका लागि निकै मेहेनतका साथ काम गरेर उक्त क्षेत्रमा पानी जाेडेकाे र देउरालीनगर तर्फ जाने पाइपलाइ मालपोत लाइनको कर्नरबाट बन्द गरेपछि खानेपानी सत्यवती टाेल , उद्योग बाणिज्य संघ , सिद्धिविनायक टाेलतर्फ प्रयाप्त आउन थालेको अध्यक्ष श्रेष्ठले बताए । मुहानमा अर्को इनार समेत थपेर खानेपानीको मात्रा बढाएसँगै देउरालीनगरलाइ सिधै पाइप जाेड्ने र मालपोत लाइनमा पानीको मात्रा बढाउने काम सम्भव भएको हाे । अब अन्यत्र बजारका भागमा खानेपानीको समस्या आउँदा समस्या समाधान भएका भनिएका क्षेत्रमा कस्तो असर पर्छ त्यसपछि मात्रै दिर्घकालिन समस्या समाधान भएको हाेकी हाेइन थाहा हुने अर्का एक उपभोक्ताले बताएका छन् । पहिले अन्यत्र १ दिन समस्या आउँदा हाम्रो तिर ७ दिन पानी आउँथेन अवका दिनमा कस्तो हुन्छ त्यसले थाहा हुने ती उपभोक्ताकाे भनाइ छ । जेहाेस अहिले चाहिँ अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिनुपर्छ ती सदस्यले भने ।

दमाैली खानेपानीले व्यास नगरपालिका-२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा झण्डै साँढे तीन हजार निजी धारा र झण्डै १२५ कार्यालय सङ्घसंस्थाका धारा जडान गरिएको छ । आयोजनाको मुख्य स्रोतहरू गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किमी, मादी नदी सम्वेलबाट बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमी, बाघभञ्ज्याङबाट फिल्टर ट्याङ्कीबाट साँखरसम्म १.१९५ किमी र साँखरबाट शीतलचोक ट्याङ्कीसम्म ०.४४० किमी रहेको छ । आयोजनाअन्तर्गत सुरुमा दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्वर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेकोमा केही थप भएको छ ।

मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्य सहित विसं २०६९ पुस २० गते चार पक्षबीच सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो ।

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम रु १०० महसुल दर निर्धारण गरेको छ । साथै आठदेखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट रु ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट रु ५० कायम गरिएको छ । संस्थाले व्यास नगरपालिका-२, ३ र ४ का सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरता दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने काम समेत गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page