चाेरि तथा लुटपाटका सामान खरिदबिक्री गरेमा कारबाही हुन्छ – प्रहरी
जेन जि आन्दोलनका क्रममा तनहुँबाट लुटपाट गरिएका सामानहरुको सञ्चय, खरिद तथा बिक्रि नगर्न नगराउन प्रहरीले अनुरोध गरेको छ। सरकारी तथा निजी भवन लगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नुपुर्व भवनहरुमा रहेका दस्तावेज, कागजपत्र, बहुमुत्य बस्तु, अन्य महत्वपुर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरिएको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो ।

यस सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा सुचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रहरी नायव उपरीक्षक अशोक थापाले आग्रह गरेका छन् । अन्यथा यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्रि तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान गरी कारवाही हुने समेत प्रहरीले जनाएको छ ।

























