काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा
गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीको स्थानमा एसएसपी रमेश थापालाई पठाएको छ ।नयाँ प्रहरी प्रमुखमा नियुक्त भएका थापा यसअघि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहेका थिए।

विभिन्न जिम्मेवारीमा अनुभव हासिल गरिसकेका उनी अनुशासित र दक्ष प्रहरी अधिकारीका रूपमा परिचित छन्। उनले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्की उदयपुर ,गोर्खा को कमाण्ड समेत सम्हालिसकेका छन् ।

























