आदिकवि भानुभक्त आचार्यको १५७ औँ स्मृति दिवसमा भानुमा सरसफाइ तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न

आदिकवि भानुभक्त आचार्यको १५७ औँ स्मृति दिवसमा भानुमा सरसफाइ तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको १५७ औँ स्मृति दिवस को उपलक्ष्यमा उनकै समाधि स्थल भानु–१ सतिघाटमा सरसफाइ तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ। भानु नगरपालिकाको आयोजनामा भएको स्मृति दिवस कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमा वाग्ले, भानु नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, पूर्व नगरप्रमुख उदयराज गौली , ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी,भानु जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ लगायतले कार्यक्रममा बोल्दै भानुभक्तको योगदानलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। नगर प्रमुख त्रिपाठीले भानुभक्तको योगदानलाई जीवन्त राख्न नगरले निरन्तर कार्यक्रम गर्दै आएको बताउँदै, साहित्य र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ चुँदीरम्घामा भएको थियो भने निधन वि.सं. १९२५ साल असोज ६ गते तनहुँ सतिघाटमा भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page