भिम्बाद बहुउद्देश्यीय एग्रो कपको उपाधी शुक्लागण्डकी बाबियोडाँडालाई

भिम्बाद बहुउद्देश्यीय एग्रो कपको उपाधी शुक्लागण्डकी बाबियोडाँडालाई

भिम्बाद बहुउद्देश्यीय एग्रो समूह, भिमाद नपा–६ तनहुँ द्वारा आयोजित दोस्रो भिम्बाद बहुउद्देश्यीय कप–२०८२ को उपाधि शुक्लागण्डकी नगरपालिका–बाबियोडाँडा ठकुरी समाजले उचाल्न सफल भएको छ । साेमबार भएको फाइनल खेलमा शुनपा–१० लोकादीटारलाई ३–१ सेटमा पराजित गर्दै बाबियोडाँडाले उपाधि चुमेको हो ।

बाबियोडाँडाले सेमीफाइनल खेलमा बौदीकाली–३ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने लोकादीटारले भिमाद नपा–२ बोक्सानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने द्वितीय स्थान हासिल गरेकाे टिमले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सान्त्वना स्थान हासिल गर्ने बौदीकाली र बोक्सानले जनही १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजसेवी झक बहादुर सारु, विशिष्ट अतिथि नेपाल निवृत्त शिक्षक समाज भिमादका अध्यक्ष चन्द्र प्रकाश सुवेदी, समाजसेवी दिना गोतामे र पोखरा इन्भेष्टमेन्ट प्रा.लिका प्रो. क्षितिज बराल लगायतका वक्ताहरुले खेलकुदले समाजमा एकता, अनुशासन र सद्भाव वृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले युवा पुस्तालाई खेलकुदमार्फत सही दिशातर्फ अघि बढाउन सकिने भएकाले आगामी दिनमा अझ व्यवस्थित रुपमा यस्ता प्रतियोगिता गर्न आवश्यक रहेकोमा एकमत जनाउँदै विजेता तथा उपविजेता टिमलाई बधाई दिएका थिए ।

संविधान दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगितामा असोज ३ गते राष्ट्रिय भलिबल खेलाडी विश्वास अधिकारी, विवश आले र हिमाल सुनारी तथा समापनमा उदयमान खेलाडी चन्द्र गाहा मगरलाई नगदसहित सम्मान गरिएको क्लबका सहसचिव सुरज विकले जानकारी दिए ।

भिम्बाद बहुउद्देश्यीय एग्रो समूहले वर्षेनी भलिबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने समूहका अध्यक्ष दिजन रानाले बताएका छन् । फाेटाे भिमाद एफएम

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page