हाेटल संघ तनहुँका उपाध्यक्ष एवम् बन्दिपुरका पर्यटन व्यवसायी प्रधानकाे हर्टअट्याकका कारण निधन
क्षेत्रीय हाेटल संघ तनहुँका उपाध्यक्ष एवम् बन्दिपुरका पर्यटन व्यवसायी विपिन प्रधानकाे हृदयघात अर्थात् हर्टअट्याकका कारण निधन भएको छ । ५० बर्षिय प्रधानकाे मंगलबार दिउँसो र्हदयघातकै कारण मृत्यु भएको हाे।

स्वर्गीय प्रधानका अत्यन्तै मिल्ने साथी बन्दिपुरका गाेविन्द श्रेष्ठका अनुसार स्वर्गीय प्रधान दिउँसो केही असहज महसुस गरि बन्दिपुर अस्पतालमा गएका थिए । जहाँ उनको चेकजाँचकै क्रममा अकस्मात् निधन हुन पुगेको हाे । प्रधानकाे निधनले बन्दिपुरले एक पर्यटन व्यवसायीलाई गुमाउन पुगेको छ भने क्षेत्रीय हाेटल संघ तनहुँले अत्यन्तै सक्रिय मिलनसार उपाध्यक्ष गुमाउन पुगेको छ । क्षेत्रीय हाेटल संघ तनहुँका अध्यक्ष चन्द्र कायस्थले आफ्नाे उपाध्यक्षकाे असामयिक निधनप्रति दुख व्यक्त गरेका छन् । प्रधानकाे निधनले अशल व्यक्तित्व गुमाउन पुगेको र संघलाई अपुरणिय क्षति पुगेको कायस्थले बताएका छन् ।

























