पहिरोले मुग्लिन नारायणघाट सडक खण्ड ठप्प
मुग्लिन नारायणघाट सडक खण्डको तुईन खाेला पुल नजिकै हिजाे दिउँसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द हुन पुगेको छ । पहिरो पन्छाउनकाे लागि आज दिनभरजसाे लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारिधनिहरू एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयाेग गर्न समेत अनुरोध गरेको छ ।

यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीकाे लागि –
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी एवं प्र.ना.उ. श्री रविन्द्र खनाल : माे.९८५५०१३९९९
जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी श्री मदन लामा थिङ : माे. ९८५५०९२२०० सडक डिभिजन भरतपुरका सुचना अधिकारी ई. श्री कृष्णप्रसाद आचार्य माे. ९८५५०९२२१८ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

























