गुणादीमा डिभाइडरमा ठाेक्किँदा माेटरसाइकल जलेर ध्वस्त , दुई जना घाइते
पाेखराबाट दमाैलीतर्फ जादै गरेको हाेण्डाकाे एक्स प्लस बागमती प्र ०२-०५१ प ९३४७ माेटरसाइकल अनकन्ट्राेल भएर रेलिङमा ठाेक्किएर दुर्घटनामा माेटरसाइकल जलेर ध्वस्त भएको छ ।

दुर्घटनामा नुवाकोट र धादिङ का दुई जना घाइते भएका छन् । चालक धादिङका निश्चल र पछाडि बस्ने नुवाकोटका प्रदिप नेपाल घाइते भएका छन् । घाइतेको रत्नहरि अस्पताल दमाैलीमा उपचार हुदै गरेको छ ।

























