मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत सुवेदीको बिदाइ

मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत सुवेदीको बिदाइ


मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृतको आइतबार बिदाइ गरिएको छ । कार्यालयका कर्मचारीहरुद्वारा आयोजित एक कार्यक्रमका विच प्रमुख मालपोत अधिकृत केशवराज सुवेदीलाई बिदाइ गरेका हुन् । सुवेदीकाे दशरथचन्द नगरपालिका बैतडीमा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा सरुवा भइसकेको छ भने तनहुँकाे प्रमुख मालपाेत अधिकृतमा मालपोत कार्यालय लेखनाथ कास्कीबाट राजेन्द्रप्रसाद पाैडेल आउने भएका छन् ।

कार्यक्रममा मालपोत अधिकृत खेमबहादुर खत्री, नासुु भेषराज तिवारी लगायत कर्मचारीहरुले नेपाली ढाका टोपी, खादा सहित बिदाइ गरेका थिए । बिदाइ भई गएका प्रमुख मालपोत अधिकृत सुवेदीले कर्यालयमा रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताए । उनले भने कर्मचारी आफूले गर्ने काम सँधै चनाखो भएर गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत अधिकृत खेमबहादुर खत्रीले कार्यालयको जग्गा प्रशासन सम्बन्धि लामो अनुभव भएकाे बताउदै प्रमुख मालपोत अधिकृतको योगदान भुल्नै नसकिने बताए ।
बिदाइ कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु लगायतकाे उपस्थिति रहेको थियो । बिदाइ हुने सुवेदीलाई मायाको चिनो उपहार पनि प्रदान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page