मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत पाैडेललाई स्वागत

भर्खरै सरूवा भइ आएका मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृतलाई बुधबार स्वागत गरिएको छ । कार्यालयका कर्मचारीहरुद्वारा आयोजित एक कार्यक्रमका विच प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पाैडेललाई स्वागत गरिएको हाे । पाैडेल मालपोत कार्यालय लेखनाथ कास्कीबाट मालपोत कार्यालय चितवन खैरहानीमा काजमा कार्यरत थिए । पाैडेल खैरहानीबाट तनहुँमा सरुवा भएका हुन् ।

यसअघिका प्रमुख मालपोत अधिकृत केशवराज सुवेदीलाई आइतबार बिदाइ गरिएकाे थियो । सुवेदी दशरथचन्द नगरपालिका बैतडीमा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा सरुवा भएका हुन् ।


























