राधा माविको अध्यक्षमा रानाभाट
तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ जामुनेको राधा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा संदिप रानाभाट चयन भएका छन् । रानाभाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

तनहुँका उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये एक राधा माध्यमिक विद्यालयलाई अझ उत्कृष्ट बनाउने जिम्मेवारी रानाभाटको काँधमा आईपरेको छ । अध्यक्ष रानाभाटले विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।


























