गुणादीमा माेटरसाइकलले ठक्कर दिँदा पैदलयात्री रानाभाट घाइते
पृथ्वी राजमार्ग स्थित म्याग्दे १ गुणादीमा माेटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका छन् । दमौलीबाट थर्पु तर्फ जादै गरेको ग १९ प २१२८ नं. को मो.सा. ले पदैल यात्री ऐ. – २ जामुने बस्ने वर्ष ४६ का रेशम रानाभाटलाई ठक्कर दिई घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाईते रानाभाटलाइ उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएको र उनको दाहिने खुट्टामा चोट अवस्था मध्यम (बोल्न सक्ने)रहेको समेत बताइएको छ ।


























