म्याग्दे दमाैली समाजको अध्यक्षमा पुनः ढुंगाना

म्याग्दे दमाैली समाजको अध्यक्षमा पुनः ढुंगाना


म्याग्दे दमाैली समाजको दाेस्राे साधारणसभा तथा प्रथम अधिवेशन शनिबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः भाग्यशाली ढुंगाना सर्वसम्मत चयन भएका छन् । समितिकाे उपाध्यक्षमा शेरकुमार कायस्थ , सचिवमा बिकास खनाल , काेशाध्यक्षमा राधा न्याैपाने वाग्ले चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा प्रकाश श्रेष्ठ , शुकराम रहपाल , श्रीकुमारी श्रेष्ठ , हरि गहतराज र विजय घिमिरे चयन भएका छन् ।

त्यसअघि अधिवेशनकाे कार्यक्रमका प्रमुख अतिथि शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए । समाजका अध्यक्ष भाग्यशाली ढुंगानाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सल्लाहकार मनाेज अधिकारी , रामबहादुर अधिकारी , निवर्तमान अध्यक्ष मनिराज थापा , पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , रमा वाग्ले , बिष्णुकुमार मल्ल , केदार घिमिरे ,रामकृष्ण विक ,वलराम वाग्ले , राधा न्याैपाने वाग्ले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
यसैबीच नवनिर्वाचित कार्यसमितिकाे पहिलो वैठक सम्पन्न भएको छ । बैठकले सहसचिवमा अस्मिता घिमिरे वाग्ले र सदस्यमा नारायण मल्ललाई मनाेनित गरेको छ । यस्तै सल्लाहकारहरूमा शान्तिरमण वाग्ले ,मनाेज अधिकारी , क्या सुर्जकुमार मल्ल ,रामबहादुर अधिकारी , इमकुमार मल्ल , रमा वाग्ले , बलराम वाग्ले , केदार घिमिरे चयन गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page