शुक्लागण्डकी नगरपालिकाले चार दर्जन कर्मचारी हटाउन लागेको हाे ?

शुक्लागण्डकी नगरपालिकाले चार दर्जन कर्मचारी हटाउन लागेको हाे ?

तनहुँकाे शुक्लागण्डकी नगरपालिकाले चार दर्जन भन्दा बढी अस्थायी र करारका कर्मचारी हटाउन लागेको भन्ने विषय व्यापक भएको छ । नगरपालिकाले केही दिनअघि उपप्रमुख खुमबहादुर विक राजु संयाेजकत्वकाे कार्यदल बनाएको थियो । कार्यदलले हाल काम गरिरहेको संयाेजक विकले बताए । कार्यदलको बुधबार पहिलो बैठक बसेकाे बताइएको छ । अहिलेसम्म सबै शाखाबाट विवरण करिब आइसकेकाे र सबैभन्दा धेरै स्वास्थ्य तर्फका कर्मचारी रहेको पाइएको कार्यदलका एक सदस्यले बताए । शहरी स्वास्थ्य केन्द्र त खारेज नैँ गर्नपर्ने जस्तो देखिएको ती सदस्यले बताए ।

नगरपालिकाकाे आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरावलोकन तथा नयाँ योजना मापदण्ड निर्माणका विषयमा अध्यन गर्न बनेको समितिले निकै मेहेनतका साथ काम गरिरहेको वडाअध्यक्ष राजकुमार वाग्लेले बताए । हामीले माेटामाेटी याे याे तरिकाले अगाडि बढ्ने भन्ने माेडालिटी बनाएका छाैँ , त्यसमा कार्यदलका सबै साथीहरूकाे माैखिक सहमति भइसकेको छ वाग्लेले भने । बुधबारको बैठकमा सबै साथीहरू जुट्न नसक्दा ठाेस निर्णयमा पुग्न नसकेको र पेचिलाे बिषय भएको हुँदा पुन सबै जुट्ने गरि साेमबार सम्ममा बैठक बस्ने गरि बैठक सकेको बताइएको छ ।
समितिले प्रत्येक वडामा कर्मचारी कति चाहिन्छ भन्ने डाटा संकलन गरिसकेको छ । त्यस्तै कुन शाखामा कति कर्मचारी आवस्यक हाे र कति कर्मचारी छन् भन्ने पनि डाटा उतारिसकेकाे र त्यसलाई अन्तिम रूप दिन लागिएको बताइएको छ । हामीले खासगरी सिस्टममा लाने गरि काम गरेका छाैँ माेटामाेटी माैखिक सहमति भइसकेको छ अर्का वडाअध्यक्ष रविचन्द्र पाैडेलले भने ।
संघीय मन्त्रिपरिषदकाे असाेज ५ गतेको बैठकले स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपछि देशका अधिकाँश स्थानीय तहले त्यस्ता कर्मचारी हटाउने सुचना जारी गरेका थिए ।
अहिलेसम्म कति कर्मचारी कस्तो अवस्थामा छन् ,सबै यथार्थ विवरण पेश गर्न कर्मचारी प्रशासन शाखालाई भनिएको प्रमुख प्रशासकिय अधिकृत शिशिर पाैडेलले बताए ।
नगरपालिका श्राेतका अनुसार ६७ जना अस्थायी , करारका कर्मचारी त स्वास्थ्य शाखाका मात्रै छन् । ती मध्ये केही आवस्यक देखिएपनी धेरै संख्यामा त्यहीँबाट र अन्य शाखा तथा वडा बाट गरि ४५ जना कर्मचारी हटाउन पर्ने प्रतिवेदन उक्त समितिले बाेर्ड बैठकमा लान सक्ने देखिएको छ । बाेर्ड बैठकले हाललाई थप एक्सन नलिइकन आगामी नगरशभामा लाने र त्यहीँबाट निर्णय गराउने सम्भावना पनि उत्तिकै छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page