चैत २६ गतेदेखि दमाैलीमा हुने फुटबल प्रतियोगिताकाे तयारी तिव्र:

चैत २६ गतेदेखि दमाैलीमा हुने फुटबल प्रतियोगिताकाे तयारी तिव्र:

नयाँ वर्ष २०८१ को अवसर पारेर दमाैलीमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत २६ गते सुरु भइ बैशाख १ गते सम्पन्न हुने प्रथम च्याम्पियन्स कप-२०८१ फुटबल प्रतियोगिताकाे लागि तयारी तिव्र पारिएको छ । अहिले प्रचारप्रसार तथा टिम दर्ता भइरहेको , अतिथिहरू लाई चिठी काट्ने काम भएको र भाेलिवाट खेलकुद मैदान सरसफाइ गर्न तयारी थालिएको दमाैली फुटसलका अध्यक्ष मनाेज गुरूङले बताए ।

दमाैली फुटसलकाे आयाेजनामा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने अध्यक्ष गुरूङले बताए । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने गुरूङले जानकारी दिए ।

सेभेन ए साइट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए ।

प्रतियोगिताकाे लागि २५ गतेसम्म टिम दर्ताकाे समय राखिएको र खेल वि.पि. वनवाटिका खेल मैदान, दमौलीमा हुने संयाेजक गुरूङले जानकारी दिए ।
प्रतियोगितामा टिम दर्ता शुल्कः रु. ४,०००÷५०ㅇरहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page