नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महाेत्सव हुने:

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महाेत्सव हुने:

पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने भएको छ ।

‘सडक मै खाऔ सडक मै रमाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौँ’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका संयोजक किसन प्रधानले बताए । महोत्सवमा विभिन्न सांस्कृतिक कलाहरूको प्रदर्शनको साथै विभिन्न परीकारका खानाहरु सडकमै खान पाइने प्रधानले जानकारी दिए ।

महोत्सव आगामी चैत ३० गतेदेखि २०८१ वैशाख २ गतेसम्म गरि तीन दिन हुनेछ । बन्दीपुरमा यसअघि पनि विभिन्न अवसरमा सडक खाना महोत्सव हुँदै आएको छ ।

यस पटकको महोत्सवमा ५० हजारदेखि ६० हजारसम्मको संख्यामा पर्यटक सहभागी हुने अपेक्षा गरिएको क्षेत्रीय हाेटल संघ बन्दीपुरका सभापति संगिता प्रधानले बताइन् ।

बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई, उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ समिति र रेबान तनहुँ, बन्दीपुर लगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page