जातिय विभेद र छुवाछुत मुक्त ऋषिङ बनाउने अभियानमा ऋषिङ गाउँपालिका

जातिय विभेद र छुवाछुत मुक्त ऋषिङ बनाउने अभियानमा ऋषिङ गाउँपालिका

सबै खालको विभेद हटाई समृद्ध ऋषिङ बनाउने अभियानमा ऋषिङ गाउँपालिका लागेको छ ।
सबै खालको विभेद हटाई समृद्ध ऋषिङ बनाउने अभियानमाआफू रहेकोले सबै पालिकावासीको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् । 
ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातिय विभेद र छुवाछुत मुक्त बनाउने अभियानको क्रममा ऋषिङ ५ राम्जाकोटमा गरिएको सुझाव संकलन कार्यक्रमको क्रममा अध्यक्ष श्रेष्ठले आफू जहिल्यै भूई तहको मान्छे र विभेदमा पारिएकाहरुको अधिकार प्राप्तिको लागि लागिरहेको बताए । आफूले मत माग्ने बेला जनताको घरदैलोमा पुगेर गरेका बाचाहरुलाई कहिल्यै नविर्सने समेत अध्यक्ष श्रेष्ठको भनाई   थियो । 
‘घरदैलोको क्रममा मैले तपाईहरु माझ गरेको बाचा विर्सिएको छैन’अध्यक्ष श्रेष्ठले भने, ‘तपाईहरुले दिनुभएको सुझाव अनुसार नै यहाँका अपांगता भएकाहरु, दलितहरु, महिलाहरु, ज्येष्ठ नागरिक लगायतको अधिकार स्थापित हुनुपर्छ भनेर म लागि रहेको छु ।त्यो यहाँहरुले पनि पक्कै मनन् गर्नुभएकै छ ।’’

आफूलाई ऋषिङका जनताले दोस्रो पटक पनि पालिकाको अध्यक्ष निर्वाचित गराई ऋषिङको विकासको जिम्मेवारी प्राप्त भएकोमा आफूबाट कहिल्यै ऋषिङको जनता र विकास प्रतिधोका र घात नहुने समेत उनले बताए । 
‘ऋषिङका जनताले मलाई ऋषिङको समग्र विकासको जिम्मेवारी दोस्रो पटक पनि सुम्पिनु भएको छ’, अध्यक्षश्रेष्ठले भने, ‘त्यसैले ऋषिङलाई कसरी समृद्ध र सम्पन्नबनाउन सकिन्छ भन्ने नै मेरो स्वार्थ हो ।’
आफूले ऋषिङका सबै ग्रामिण वस्तीमा मोटरबाटो पु¥याएको, लिफ्टिङ खानेपानीको महसुल तिर्न नसक्नेहरुलाई पालिकाबाट महशुलतिर्ने व्यवस्था गरेको, अपांगता भएका, महिला, युवा र दलितहरुलाई सिप र क्षमताप्रदान गरी अन्य पालिकाहरु भन्दा कसरी नमुनाबनाउन सकिन्छ भन्नेमा आफू तल्लिन रहेको अध्यक्ष श्रेष्ठले बताए ।  
समृद्ध पालिका निर्माण र हरेक खालको विभेद अन्त्यको लागि ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले आफूहरुसँग आवश्यक पर्दा परामर्श, छलफल लिने गरेको समाज सुधारक नेता डम्बरबहादुर विकले बताए । पालिकामा रहेका सबैको भावना बुझेर आवश्यक निर्णय गर्ने क्षमता भएकोले पनि अध्यक्ष श्रेष्ठलाई पालिकाका धेरैले मन पराउने गरेको नेता विकले बताए । 
‘गाउँको विकासलाई कसरी अघि बढाउनु पर्ला भन्ने परामर्श अध्यक्षज्यूले सबैबाट लिई रहनु भएको पाएको छु’, नेताविकले भने, ‘त्यसैले गाउँको विकासमा खटिने नेतृत्वलाई जनताले मन नपराउने भन्ने हुँदैन ।’ 
ऋषिङ गाउँपालिकालाई जातिय विभेद र छुवाछुत मुक्तबनाउने अभियानको क्रममाऋषिङ १, २, ३, ४ र ५ मा कार्यक्रम गरिसकिएको छ । अभियानको क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजाति लगायतसँग परामर्श, छलफल गरिएको थियो । ऋषिङ १ झापुटारमा वडा अध्यक्ष कुशबहादुर थापा, ऋषिङ २ काहुँशिवपुरमा वडा अध्यक्षदलबहादुर थापा, ऋषिङ ३ दुवुङमा वडा अध्यक्ष भिमबहादुर थापा, ऋषिङ ४ भिरकोटमा वडा अध्यक्ष प्रेमराजश्रेष्ठ, र ऋषिङ ५ राम्जाकोटमा वडा अध्यक्ष बुद्धिमान रानामगर, प्रहरी चौकीका प्रहरी प्रमुखका अलावा केही वडाको कार्यक्रममा पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले सहभागीबाट उठाईएको जिज्ञासाको समाधान र सुभावको टिपोर्ट गरी सोही अनुसार आगामी कार्यक्रम तय गर्न प्रतिवद्धता व्यक्त गरेका थिए । ऋषिङ गाउँपालिकाको बाँकी वडामा अर्को चरणमा अभियान संचालन गरिने ऋषिङ गाउँपालिका काकार्यपालिका सदस्य दिलबहादुर नेपालीले बताए । 
‘हामीले ऋषिङमा जातियविभेद र छुवाछुत मुक्तबनाउने मात्रनभई समृद्ध ऋषिङ कसरी बनाउन सकिन्छ ?भनेर सल्लाह र सुझाव पनि मागेका थियौं,’ कार्यपालिका सदस्य नेपालीले भने, ‘ऋषिङको विकास प्रतिअधिकांश सन्तुष्ट भएको र केहीले सिपमुलक तालिमको चाहना राखेको पाएका छौं । प्राप्त सल्लाह सुझावको आधारमा आगामी कार्यक्रम बनाउन पहल गर्ने छौं ।’


अभियानको क्रममा पालिकाबाट प्रदान गरिएको सेवा सुविधाको बारेमा समेत जिज्ञासा राखिएको थियो । पालिकाको कामबाट सन्तुष्ट रहेको र भुई तहका मानिसको आवश्यकतालाई लक्षित गरी सिपमुलक कार्यक्रममा जोड दिनुपर्नेमा अधिकांश सहभागीले जोड दिएका थिए । यसरी जनतामाझ गरिएको कार्यक्रमले आगामी कार्यक्रम तर्जुमा गर्न दुरगामी प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए । सबै वडामा गरिएको कार्यक्रमको संचालन ऋषिङ गाउँपालिका लघु उद्यमविकास परियोजनाका सहजकर्ता धनबहादुर विकले गरेका   थिए । पालिकालाई समृद्ध बनाउन गरिएको सर्वपक्षिय कार्यक्रमले दिगो प्रभाव पार्ने आफूले बोध गरेको सहजकर्ता विकले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page