एसईई परीक्षामा तनहुँमा एक जना मात्रै महिला केन्द्रादक्ष:

एसईई परीक्षामा तनहुँमा एक जना मात्रै महिला केन्द्रादक्ष:

अमरराज नहर्की
तनहुँ, २१ चैत्र
बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँमा एकजना मात्र महिला केन्द्राध्यक्ष रहनु भएको छ । जिल्लाको कुल २६ वटा परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराईलाई सोही विद्यालयको परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाइएको उहाँले जानकारी दिनुभयो । जारी परीक्षामा महिला केन्द्राध्यक्ष गरेको यो परीक्षा केन्द्र अनुगमनको क्रममा अब्बल देखिएको कट्टेलले बताउनुभयो । आफू अध्ययन गरेको विद्यालयमा परिक्षा दिन नपाईने (होम सेन्टर नभएकोले) सोही विद्यालयमा भट्टराईलाई केन्द्राध्यक्ष तोकिएको इकाईका सूचना अधिकारी विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार माध्यामिक तहको स्थायी शिक्षक भएको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।

केन्द्राध्यक्ष भट्टराईले परिक्षा मर्यादित, अनुशासित तवरबाट सञ्चालन भईरहेको बताउनुभयो । परिक्षामा मोवाइल, स्मार्टवाच, मेमरी भएको क्याल्कुलेटर प्रयोग गर्न प्रतिबन्ध गरिएको उहाँले बताउनुभयो । परिक्षा सिसि क्यामेरा जडान गरिएको कक्षामा राखिएको एवम् हल्ला गर्न तथा चिट चोर्न नपाईने परिक्षाको अनुशासनमा रहेर परिक्षार्थी परिक्षा दिईरहेको उहाँले बताउनुभयो । तनहुँमा पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी भएको इकाई जनाएको छ । इकाईका अनुसार ति विद्यार्थी मध्ये प्राविधिकतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page