आदिवासी जनजाति महासंघ तनहुँकाे अध्यक्षमा सनम , बरिस्ठ उपाध्यक्षमा सिद्धान्त
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको ७औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सनम तामाङ्ग सर्वसम्मत चयन भएका छन् । यस्तै समितिकाे वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर,उपाध्यक्षमा शेर वहादुर वोटे, महिला उपाध्यक्षमा शरु कुमाल,कोषाध्यक्षमा ठाकुर दरै र सह-सचिबमा पृथ्वी भुजेल लगायत चयन भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, तनहुँका अध्यक्ष सुजित हिराचनकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे ।


























