नेपाल कराँते महासंघ गण्डकीकाे अध्यक्षमा दमाैलीका मनिराज

नेपाल कराँते महासंघ गण्डकीकाे अध्यक्षमा दमाैलीका मनिराज थापा सर्वसम्मत चयन भएका छन् । गण्डकीप्रदेशको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हाे ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश ,नेपाल कराते महासंघ केन्द्र ,नेपाल कराते महासंघ गण्डकी प्रदेश लगायतलाई थापाले सर्वसम्मत अध्यक्ष जस्तो गरिमामय पदमा चयन गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।


























