म्याग्दे स्थित पृथ्वीराजमार्गका हाेटललाइ गुणस्तर चिन्ह प्रदान गरिने

म्याग्दे स्थित पृथ्वीराजमार्गका हाेटललाइ गुणस्तर चिन्ह प्रदान गरिने

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ , म्याग्दे गाउँपालिका र म्याग्दे उद्योग वाणिज्य सघंकाे आयाेजनामा म्याग्दे गाउँ पालिका भित्र पृथ्वीराजमार्गमा संचालन भएका हाेटलहरूकाे अनुगमन हुने भएकाे छ । गाउँपालिकामा सँचालित हाेटललाई गुणस्तर चिन्ह प्रदान गर्ने उदेश्यका साथ अनुगमन गर्न लागिएकाे हाे ।

म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारिकाे अध्यक्षतामा भएकाे वैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्याेति आचार्य, म्याग्दे गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्याैपाने, थर्पु प्रहरी प्रमुख पदम कुमाल लगायतले व्यवसायीलाई तालिम दिने र अनुगमन गर्ने निर्णय गरेको हाे । तालिमवाट प्रशिक्षण दिने र खाद्य गुणस्तर कायम गर्ने मुख्य उदेश्य रहेकाे खाद्य कार्यालय प्रमुख आचार्यले जानकारि दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page