अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ब्यास ६ मा वडा स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ब्यास ६ मा वडा स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ब्यास नगरपालिका वडा नं ६ मा वडा स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा सदस्य बुद्धिमाया विककाे संयाेजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जीवन गुरूङ रहेका थिए । प्रमुख अतिथि गुरूङले लिङ्गकाे आधारमा हुने अपराध , दुख , उत्पिडन , हानी लैङ्गिक हिंसा भएको बताए । लैङ्गिक हिंसा महिला पुरूष दुबै प्रति लक्षित हुने भन्दै उनलेे व्यक्तिको शारीरिक , मानसिक , याैनिक तथा सामाजिक स्वास्थ्यमा नकारात्मक असर पार्नु पनि हिंसा नै भएको बताए ।

प्रशासकिय अधिकृत कृष्णराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य ढालप्रसाद घिमिरे , महिला स्वास्थ्य स्वयं सेविका रिमकला काफ्ले , ईन्दु माविका प्रअ सन्तोष न्याैपाने , राजेश गुरूङ , हिरा कार्की , रामबहादुर गुरूङ लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page