म्याग्देमा अपाङ्गता भएकाकाे संरक्षकलाई सम्मान

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा म्याग्देमा दाेभासे प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्गता समावेशी समाजको प्रवर्द्धन :सामाजिक उन्नतिको संवर्द्धन”भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस म्याग्देमा विशेष कार्यक्रम गरी भव्यतापूर्वक सम्पन्न गरिएको हाे ।
कार्यक्रममा विभिन्न अपांगता भएका व्यक्तीहरूलाइ सम्मान गरिएको छ । सम्मान पाउनेहरूमा वडा नं १ बाट अपांगता नविना खनालकाे हजुरबुबा बामदेब खनाल , वडा नं २ बाट सनम परियार का बुवा दिनेश बहादुर परियार , वडा नं ३ बाट सिर्जना काफ्लेको आमा दुर्गा काफ्ले , वडा नं ४ बाट इमबहादुर थापाको आमा मंगली थापा , वडा नं ५ बाट प्रेमबहादुर कुमालकाे श्रीमती रेखिमाया कुमाल , वडा नं ६ वाट आरती थापाको आमा लक्ष्मी थापा र वडा नं ७ बाट देवीकला श्रेष्ठकाे बुवा हिरा श्रेष्ठलाइ संरक्षककाे रूपमा सम्मान गरिएको हाे । उनिहरूलाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले सम्मान गरेका थिए ।
अपांगता भएका व्यक्तिहरूकाे जिवनमा केही सहजता हाेस् भनेर गाउँपालिकाले बजेट छुट्याएर काम गरिरहेको गाउँपालिका महिला शाखा प्रमुख सुकुमाया रानाले बताइन् ।
कार्यक्रममा अपाङ्गता क्षेत्रका सराेकारवाला व्यक्तिहरूले अपाङ्गहरूले स्वराेजगारकाे अवसर प्रदान गर्नुपर्ने माग गरेका थिए ।
उक्त अवसरमा गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , वडा नं ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ ,कार्यपालिका सदस्य बद्रीका भट्टराई , अपांगता सराेकार समिति म्याग्देकी अध्यक्ष सञ्जु शाही , नेत्रहीन संघ तनहुँका अध्यक्ष चिनबहादुर कुमाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत वडा अध्यक्ष टुकराज अधिकारीले र सञ्चालन कार्यपालिका सदस्य जानकी थापाले गरेकी थिइन् ।


























