पाइप राखेको खेलमैदानमा महाेत्सव गर्न दिएकाेमा चाैतर्फी विराेध
तनहुँको व्यास नगरपालिकाले बि.पी. वनवाटिका खेलमैदानलाई महोत्सव गर्न अनमति दिएकोमा चाैतर्फी बिराेध भएको छ । निर्माणाधीन मैदानलाई वर्षैपिच्छे ‘अन्तिम पटक’ भनेर महोत्सव गर्न दिंदा ६० लाखभन्दा बढी लगानी गरिएको खेल मैदान तहसनहस हुने तथा यसमा गरिएको लगानी बालुवामा पानी हाले सरह हुने भन्दै यसको चाैतर्फी विरोध भएको हाे । यसैसम्बन्धमा दमाैली र आसपासका युवा क्लवहरूले बिहीबार एक भेला गरि संयुक्तरूपमा बिराेध कार्यक्रम अगाडि बढाउने निर्णय गरेका छन् । भर्खरै बिच्छाइएकाे पाइप माथि खाल्डो खन्दा र महाेत्सवका सामान फिट गर्दा खेलमैदान नै काम नलाग्ने हुने भन्दै युवाक्लवहरूले संयुक्त भेला गरेका हुन् । युवाहरूले शुक्रबार पुन बृहत भेला तथा छलफल गरेर ज्ञापनपत्र बुझाउने तयारी गरेको जनाएका छन् ।

दमाैलीका युवा विश्व श्रेष्ठले खेलमैदानमा महाेत्सव गर्न दिएकोमा व्यङ्ग्य गर्दै नेताहरूलाई खेलकुद सम्बन्धि ज्ञान नभएकोले यस्तो भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । यस्तै अर्का युवा सेरचन गुरूङले भैरहेको फुटबल ग्राउन्ड मास्नु , विकल्पमा भएको ग्राउन्डमा पालैपालो महाेत्सव सञ्चालन गर्नु अनि तनहुँले कहाँबाट नयाँ फुटबल खेलाडी उत्पादन गर्न सक्ने भन्दै प्रश्न गरेका छन् । गुरूङले भनेका छन् महाेत्सव सञ्चालन गर्ने तर स्थानीय कलाकारलाई माैका नदिनु , कहाँबाट तनहुँमा कलाकार उत्पादन हुनु , राजनीतिक नेताहरू र मन्त्रीहरू मात्रै उत्पादन गर्नु तर बिकास चाहिँ नगर्नु उनलेे लेखेका छन् ।
यस्तै दमाैलीका अर्का युवा बासु सापकोटाले बल्लतल्ल बन्न लागेको खेलमैदान पनि ध्वस्त बनाउन लागिपरेका छन् भन्दै सबै खेलप्रेमीलाइ सचेत हुन भन्दै खेलमैदानकाे बिकल्प खेलमैदान नै भएको बताए । अर्का युवा विवेक भट्टराईले पनि व्यास नगरपालिकाले जनबिराेधी निर्णय गरेको बताए । अघिल्लो पटक पनि अन्तिम पटक भनेको र अहिले फेरि अन्तिम पटक नै भन्दै महाेत्सव गर्न दिनु खेलमैदान मास्ने काम भएको उनलेे बताएका छन् ।
हैरान्स क्लवका का .अध्यक्ष कृष्णकुमार श्रेष्ठले दमाैलीमा खेलमैदान नहुनु अत्यन्तै लज्जास्पद विषय भएको भन्दै यसले खेल गतिविधि ठप्प बनाएको बताए ।
खेलमैदानमा महाेत्सव गर्न दिने या नदिने सम्बन्धमा व्यास नगरपालिकाले केही दिन अगाडि राजनीतिक दल , युवा क्लव , जनप्रतिनिधि लगायत सराेकारवालाकाे बिचमा गरेको छलफलमा चर्काचर्की भएको यसअघि नैँ सार्वजनिक भइसकेको छ । दलका प्रतिनिधि तथा जनप्रतिनिधि कसैले पनि खेलमैदानकाे चिन्ता नलिएको बरू हामीले कहिले महाेत्सव गर्ने भन्ने मात्रै चिन्ता लिएको युवाहरूले बताएका छन् ।

व्यास नगर कार्यपालिकाको बैठक नं. २२७ ले नेपाल आदिवासी जनजाति जिल्ला समितिलाई मङ्सिर २४ देखि पुस ५ गतेसम्म महोत्सव गर्न दिने निर्णय गरेपछि अहिले त्यसको बिराेधमा खेलप्रेमी युवाहरू एक भएका छन् । यससँगै मैदानको दीर्घकालीन विकासभन्दा नगरपालिकाले व्यापारिक कार्यक्रमलाई प्राथमिकता दिएको आरोप खुलेर उठेको छ।अघिल्लो वर्ष मात्र १५ लाख खर्चेर गरिएको ट्रेनेज र ग्राउन्ड लेभलिङ अझ सम्हालिन नपाउँदै महोत्सव सञ्चालको लागि फेरि स्टल, खाडल र भारी संरचना निर्माण गरिने भएपछि खेलप्रेमीहरूले नगरको उद्देश्य नै शंकास्पद भएको बताएका छन् । “गत वर्ष पनि अन्तिम भन्दै दिइयो, यस वर्ष पनि अन्तिम पटक भनिँदै छ । अब अन्तिम वास्तवमै कहिले हो ?” ।
दमौलीमा मेला–महोत्सवका लागि पर्याप्त वैकल्पिक भू–क्षेत्र खेजि नै नगरि निर्माणाधीन खेलमैदानमै निरन्तर दबाब आउने अवस्था नै मुख्य समस्या भएको स्थानीयहरूको आरोप छ। हरेक वर्ष महोत्सवपछि बिग्रिएको मैदान मर्मतका लागि करदाताको पैसाबाट बजेट खर्चिने अवस्था आउनु प्रति नगर नेतृत्व मौन छ। पालिकाले भने ‘महोत्सवबाट उठेको रकम युवाहरुको खेलकुदको विकासमा लगाउने गरि अनुमति दिने निर्णण गरिन्छ ’ भनेर उम्किएको छ । खेलकुद क्षेत्रका प्रतिनिधिहरू बल्ल बल्ल खेल्न लायक जस्तो भएको दमौलीको खेल मैदान वर्षै पिच्छे आयोजना गरिने मेला र महोत्सवलाई दिनु सिङ्गो खेल मैदान नै तहस नहस हुने तथा नगरको खेलकुद गर्ने स्थलको भविष्य नै माटोमा मिल्ने बताएका छन् । यसरी खेलमैदानकाे विकास होइन, राजनीतिक–व्यापारीक दबाबको दोहोरो चेपुवामा पुग्नु बिडम्बनाको बिषय भएको छ।
दमाैली अस्पताल अगाडिको खेलमैदानलाइ पार्क बनाउने भन्दै व्यास नगरपालिकाले मासेपछी खेलमैदानलाइ बिपी बनबाटिका खेलमैदानमा सारिएको थियो । पहिला भइरहेको फुटबल मैदानमा ठुला ठुला प्रतियोगिता हुने गरेका र राष्ट्रिय खेलाडीहरू आउने गरेका हैरान्स क्लवका खेलाडी युवाहरू बताउँछन् । भाषण गर्ने मञ्च देखि चाैरकाे बिचभागबाट वाल उठाउने , गार्हो लगाउने जस्ता काम नगरपालिकाले गरेपछि फुटबल मैदान मासिएकाे हाे । नगरपालिकाले उक्त काम अगाडि बढाएको भए पनि याेजना अनुसार काम भने गरेको छैन र काम अलपत्र छ ।उक्त खेलमैदान निर्माणाधीन अवस्थामा रहेको प्याराफिटले गति लिन सकेको छैन् । पर्याप्त बजेट नहुँदा कछुवाको गतिमा निर्माण कार्य भइरहेको छ । विसं २०७६ साल साउन महिनादेखि निर्माण कार्य थालेको प्याराफिट र खेलमैदान निर्माण कार्य पूरा हुन नसक्दा दमाैलीमा फुटबल प्रतियोगिता आयाेजना हुन नसकेको मात्रै हाेइन , नयाँ खेलाडी उत्पादन पनि ठप्प छ ।
व्यास नगरपालिकाबाट गत दुई आर्थिक बर्षमा पन्ध्र÷पन्ध्र लाखका दरले रु.तीस लाख बजेट बिनियोजन गरेको थियो ।
करिब दुई सय ५० जना क्षमताको प्याराफिट निर्माण पनि यत्तिकै छ ।
प्याराफिट र खेल मैदानका लागि आवश्यक पर्ने बजेट बिनियोजन नहुँदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । चालु आर्थिक बर्षमा रु.दश लाख बिनियोजन भएकाले छिट्टै खेल मैदानमा माटो फिलिङग र पानी फ्लो गर्ने कार्य अघि बढाइने भनिएपनी अहिलेसम्म प्रगति देखिएको छैन । “जिल्ला खेलकूद विकास समिति,गण्डकी प्रदेश सरकार कतैबाट बजेट नआउनुले पनि कामले गति लिन सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेल,साँसद शंकर भण्डारी,साँसद कृष्णकुमार श्रेष्ठ लगायतका केन्द्र , प्रदेश र स्थानीय तहका नेताबाट आश्वसन पाएपनि सहयोग नमिलेको निर्माण समितिले बताएको छ । उक्त खेलमैदानमा माटो फिलिङ्ग गरी दुवो उमार्ने योजना रहेको र लम्बाइ ११० मिटर र चौडाइ ८० मिटर दूरीकाे खेलमैदान रहने बताइएको छ ।

























