आदर्श तथा तारा स्मृति कप फुटबलमा लिभिक ,आदर्श र राङ्गरूङ्ग विजयी:

१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे
तेस्रो दिन तिनवटा खेलहरू सम्पन्न भएका छन् । तेस्रो दिनको पहिलो खेल लिभिक निर्माण सेवाले मणि युवा क्लबलाई ३/० गाेल अन्तरले पराजित गरेको छ । यस्तै दाेस्राे खेलमा आदर्श नमुना क्लवले समृद्धि युवा क्लबलाई २/१ गाेल अन्तरले पराजित गरेको छ भने तेस्रो खेलमा राङ्गरूङ्ग भिलेज रिसोर्टले भ्याली युथ क्लबलाई १/० गाेल अन्तरले पराजित गरेको आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए ।


प्रतियोगितामा चाैंथाे दिन २३ गते फ्रेन्डसीप युवा क्लवका बिरूद्ध , रूपाज व्युटि केयर , रक गार्डेन युथ क्लवका विरूद्ध लिभिक निर्माण सेवा , आदर्श नमुना क्लवका विरूद्ध अकला गाउँवेशी तथा नवयुवा क्लवका बिरूद्ध राङ्गरूङ्ग भिलेज रिसोर्ट बिच प्रतिस्पर्धा हुने छ।
फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा रेफ्रिकाे रूपमा इन्द्र गुरूङ र सुजन मल्ल रहेका छन्




































