प्रमुख जिल्ला अधिकारी गाैतमकाे टाेलि द्वारा राष्ट्रपति आउने ठाउँमा अनुगमन:

प्रमुख जिल्ला अधिकारी गाैतमकाे टाेलि द्वारा राष्ट्रपति आउने ठाउँमा अनुगमन:

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम सहितकाे टाेलीले रास्ट्रपति आउने ठाउँ को अनुगमन गरेको छ । राष्ट्रपति रामचन्द्र पाैडेल सुक्रवार भिमाद स्थित जनज्योति क्याम्पसमा आउने भए पछि सुरक्षा लगायतको अवस्थाकाे बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहरा लगायत काे टाेलि त्यहाँ पुगेको हाे ।

प्रमुख जिल्ला अधिकारीकाे टाेलिले ब्यास , म्याग्दे , भिमाद , ऋषिङ , घिरीङ लगायतका स्थानमा भइरहेको एसईई परीक्षाकाे समेत अनुगमन गरेको छ । यस्तै उक्त टाेलिले कालीगण्डकी नदिमा गिट्टी बालुवाको अवस्थाकाे बारेमा पनि जानकारी लिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page