लियो क्लब अफ तनहुँ म्याग्देद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ ।
जाडोको कठ्याङ्ग्रिने चिसोमा अभावले पीडित बालबालिकालाई लक्षित गर्दै लियो क्लब अफ तनहुँ म्याग्देले मानवीय सेवा कार्य गरेको छ।
क्लबले म्याग्दे गाउँपालिका–६, सर्वलाङस्थित श्री शान्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई न्यानो कपडा वितरण गरेको हो। यस सहयोगले विद्यार्थीहरूलाई न्यानोपनसँगै माया, आशा र “तिमी एक्ला छैनौ” भन्ने भरोसा दिलाएको आयोजकले जनाएको छ।
कार्यक्रममा लियो क्लब अफ तनहुँ म्याग्देका अध्यक्ष सुरज कुमार चन्दले सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहारा बन्न सक्ने बताउँदै मानवता बाँड्नु नै साँचो सेवा भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि क्लबले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं. ६ का अध्यक्ष हिरालाल गुरुङले लियो क्लबको सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
“न्यानो कपडा, न्यानो मन, उज्यालो भविष्य” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा विद्यालय परिवार, स्थानीयवासी तथा क्लबका सदस्यहरूको सहभागिता रहेको क्लवका अक्षयकुमार कायस्थले जानकारी दिए ।


























