इनर ह्वील क्लबकाे आयाेजनामा क्यान्सर सचेतना तथा VIA परीक्षण स्वास्थ्य शिविर सम्पन्न

इनर ह्वील क्लबकाे आयाेजनामा क्यान्सर सचेतना तथा VIA परीक्षण स्वास्थ्य शिविर सम्पन्न

इनर ह्वील क्लब अफ दमौलीको आयोजनामा तथा श्री रत्नहरि मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा मिति २०८२ पौष १२ गते शनिबार क्यान्सर सचेतना तथा VIA परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविर गण्डकी प्रदेश सभा सदस्य निबर्तमान माननीय सरिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा रत्नहरि मेमोरियल अस्पतालका अध्यक्ष तथा व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, व्यास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ तथा बिनु श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो।
शिविरमा २११ जना महिलाले स्वास्थ्य परीक्षण गराएका मध्ये ४ जनामा पाठेघर क्यान्सरको जोखिम देखिएको भन्दै थप उपचारका लागि सिफारिस गरिएको छ। साथै ६० जनालाई औषधि वितरण, ४ जनालाई शल्यक्रिया आवश्यक, ३ जनालाई तातो सेकाइ उपचार गरिएको र बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन डा. दिनेश शर्मा, बीपी मेमोरियल अस्पताल शुक्लागण्डकीकी नर्सिङ अधिकृत कविता पौडेल, डा. एलिजा भट्टराई, डा. सुनिता सिलवाल, जीपी मेमोरियल अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठलगायत रत्नहरि अस्पतालका स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान रहेको थियो।

कार्यक्रममा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा रत्नहरि अस्पताल परिवारप्रति आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page