राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ क्षेत्र नं. १ को प्रदेश अधिवेशन सम्पन्न,अध्यक्षमा पिया
तनहुँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ क्षेत्र नं. १ अन्तर्गतको क्षेत्रीय तथा प्रदेशसभा ‘क’, ‘ख’ र भानु नगरपालिका कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको छ।
अधिवेशनबाट क्षेत्र नं. १ को अध्यक्षमा देव कुमार पिया (दीपक) सर्वसम्मत रूपमा चयन हुनुभएको छ। यस्तै, प्रदेशसभा ‘क’ को अध्यक्षमा आईत बहादुर घले र प्रदेशसभा ‘ख’ को अध्यक्षमा दुर्गा बहादुर पन्थ चयन हुनुभएको छ। दुवै प्रदेशसभा समितिमा २१–२१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको जानकारी क्षेत्र नं. १ का अध्यक्ष देव कुमार पियाले दिनुभयो।

यसैगरी, भानु नगरपालिका कमिटीको अध्यक्षमा अमृत कुमार श्रेष्ठ चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ यसअघि नगर कमिटीमा सह–सचिवको जिम्मेवारीमा रहनुभएको थियो। भानुका युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित श्रेष्ठलाई निडर र साहसी व्यक्तित्वका रूपमा चिन्ने गरिन्छ।
सबैलाई साथमा लिएर भानु नगरपालिकाको विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँप्रति पार्टीका कार्यकर्ता मात्र नभई स्थानीय जनताले पनि आशाको दृष्टिले हेरेका छन्।


























