बन्दिपुरको खहरेमा आठौं मिलिजुली कप भलिबल प्रतियोगिता हुने

बन्दिपुरको खहरेमा आठौं मिलिजुली कप भलिबल प्रतियोगिता हुने


तनहुँ, बन्दिपुर ।
बन्दिपुर गाउँपालिका–६ खहरेटारमा आठौं मिलिजुली कप–२०८२ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता पुस १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजक मिलिजुली युवा क्लब ले जनाएको छ।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा स्थानीय तथा आसपासका उत्कृष्ट टोलीहरूको सहभागिता रहने आयोजकको भनाइ छ। प्रतियोगिताले गाउँ–गाउँमा लुकेका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख, दोस्रो हुनेले रु. ७० हजार र तेस्रो हुने टोलीले रु. ४० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। सहभागी हुन चाहने टोलीका लागि रु. ६ हजार दर्ता शुल्क तोकिएको छ भने टिम दर्ता पुस १४ गतेसम्म खुला रहनेछ।
भलिबल प्रतियोगितासँगै तमु ल्होसार का अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ। यसले खेलकुदसँगै स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय युवाको सक्रियतामा आयोजना हुन लागेको यस प्रतियोगिताले बन्दिपुर क्षेत्रमा खेलकुदको उत्साह थप बढाउने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page