इन्जिनियर न्याैपानेले गराए भिमादका महिला समूह र टोल विकास लाइ अपर मादी हाइड्रोको भ्रमण

तनहुँ — भिमाद नगरपालिकाका विभिन्न वडाका महिला समूह तथा टोल विकास संस्थाका पदाधिकारीहरूले कास्की जिल्लाको सिक्लेसस्थित अपर मादी ‘०’ जलविद्युत् आयोजनाको सुरुङ्ग (टनल) अवलोकन भ्रमण गरेका छन्। उक्त भ्रमण आयोजनाका इन्जिनियर श्रीराम न्यौपानेले गराएका हुन्।
भ्रमणका क्रममा इन्जिनियर न्यौपानेले जलविद्युत् आयोजनाको संरचना, सुरुङ्ग निर्माण प्रक्रिया, प्रविधि तथा आयोजनाबाट स्थानीय र राष्ट्रिय स्तरमा हुने लाभबारे जानकारी गराएका थिए। सहभागीहरूले सुरुङ्ग भित्रको संरचना नजिकबाट अवलोकन गर्दै जिज्ञासा राखेका थिए।
यसअघि पनि इन्जिनियर न्यौपानेले शुक्लागण्डकी, ऋषिङ, घिरिङलगायत क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई यस्तै शैक्षिक भ्रमण गराइसकेका छन्। साथै उनले शिक्षाको प्रवर्द्धनका लागि विद्यालयहरूलाई स्मार्ट बोर्डसमेत वितरण गर्दै आएका छन्।

भ्रमणमा सहभागी महिला समूह तथा टोल विकास संस्थाका पदाधिकारीहरूले यस्ता अध्ययन अवलोकन भ्रमणले ऊर्जा, प्रविधि र विकाससम्बन्धी चेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन् ।


























