भुपु सैनिकद्वारा बिरामी उमाकाे उपचारको लागि आर्थिक सहयोग

भुपु सैनिक (Ex-Army Tea Friends) ले एक अत्यन्तै सर्हानिय सामाजिक कार्य गरेको छ। व्यास–५, सौराहा, मानुङ, तनहुँ निवासी उमा आले मगरको घाँटीको नशासम्बन्धी गम्भीर अपरेसन गर्नुपर्ने अवस्था रहेको र उहाँको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सहयोगको आवश्यकता परेको थियो।
यसै सन्दर्भमा उहाँकी बहिनी करिना पाटा मगरको आग्रहमा भुपु सैनिकहरू एकजुट भई आर्थिक सहयोग संकलन गरिएको हो। संकलित सहयोग रकम ७ हजार बहिनी करिना पाटा मगरमार्फत उमा आले मगरलाई पुग्ने गरी हस्तान्तरण गरिएको छ।

भुपु सैनिकहरूको यस मानवीय तथा सहयोगी कदमको स्थानीयवासीहरूले उच्च प्रशंसा गरेका छन्।


























