लालिगुराँस बिद्यासागरको लालीगुराँस बाल क्लबद्वारा टोल सरसफाइमा सहयोग

लालिगुराँस बिद्यासागरको लालीगुराँस बाल क्लबद्वारा टोल सरसफाइमा सहयोग

लालिगुराँस बिद्यासागरमा अवस्थित लालीगुरास बाल क्लबले देउसी–भैलो कार्यक्रम २०८२ मा संकलन भएको केही रकम टोल सरसफाइ कार्यक्रममा सहयोग गर्ने उद्देश्यले प्रयोग गरेको छ। उक्त उद्देश्यअनुसार विद्यालय वरिपरि अवस्थित तीनवटा टोल—शिवालयटोल, दरैसमी चौताराटोल र हाईस्कुलटारटोलका विभिन्न ११ वटा चोकमा डस्बिन राख्ने कार्य सम्पन्न गरिएको छ।

बाल क्लबका अध्यक्ष सजल रानाभाटको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सरसफाइप्रति सचेतना फैलाउने तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ। स्थानीयवासीहरूले बाल क्लबको यस पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम निरन्तर हुनुपर्ने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page