नारायण मल्ल रोटरी क्लब अफ दमौलीको नयाँ अध्यक्ष चयन

नारायण मल्ल रोटरी क्लब अफ दमौलीको नयाँ अध्यक्ष चयन


दमौली, २९ डिसेम्बर – रोटरी क्लब अफ दमौलीको साधारण सभाले नारायण मल्ललाई नयाँ अध्यक्षको रूपमा सर्वसम्मत चयन गरेको छ। मल्लको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको छ।
क्लबको नवगठित कार्यसमितिमा बिना कैनी निवर्तमान अध्यक्ष, किनकुमार श्रेष्ठ प्रेसिडेन्ट इलेक्ट, देवराज अधिकारी प्रेसिडेन्ट नोमिनी एवं आरएनएलएम चियर, सुवास गौतम उपाध्यक्ष, सुनिता आचार्य सचिव, रजिनलाल श्रेष्ठ कोषाध्यक्ष, रमेशकुमार श्रेष्ठ सह–सचिव, सुर्जाकुमार मल्ल सह–कोषाध्यक्ष, र दामोदर भण्डारी एसएएमा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि असिस्टेन्ट गभर्नर बाबुराम बरालले क्लबले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वबाट अझ प्रभावकारी र रचनात्मक कार्यक्रमको अपेक्षा व्यक्त गरे।


सभाको सञ्चालन उपाध्यक्ष एवं कार्यकारी अध्यक्ष योगिता कायस्थ श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सचिव सुवास गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page