म्याग्देमा ५ दिने नि:शुल्क दन्त शिविर सञ्चालन हुने

म्याग्देमा ५ दिने नि:शुल्क दन्त शिविर सञ्चालन हुने

म्याग्दे, तनहुँ – म्याग्दे गाउँपालिकाले नेलम्बो नेपालकाे साझेदारीमा वडा नं २ जामुनेस्थित स्वास्थ्य चौकीमा यही २० गतेदेखि २४ गतेसम्म पाँच दिनको निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ।
यो शिविरमा स्थानीय बासिन्दाले दाँतको परीक्षण, सफाइ र आवश्यक उपचार सेवा निःशुल्क पाउनेछन्।

शिविरले गाउँपालिकाका सबै नागरिकलाई दन्त स्वास्थ्यको महत्व बुझ्न र आवश्यक सेवा लिन सजिलो अवसर प्रदान गर्ने विश्वास लिइएको छ। म्याग्दे गाउँपालिकाले पनि यस अवसरको पूर्ण लाभ उठाउन आमनागरिकहरूलाई अनुरोध गरेको छ।
ग्रामीण समुदायमा दन्त स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र नि:शुल्क दन्त उपचार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ शिविर आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । शिविरमा दाँतको जाँच, सफाइ, भर्ने, निकाल्ने र औषधि वितरण जस्ता सेवाहरू समेत प्रदान गरिने घिमिरेले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page