मिलिजुली कपका अवसरमा तनहुँ प्रेसका सम्पादक नहर्की र खनाल सहित ५ जना पत्रकार सम्मानित

मिलिजुली कपका अवसरमा तनहुँ प्रेसका सम्पादक नहर्की र खनाल सहित ५ जना पत्रकार सम्मानित

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ खहरेमा अवस्थित मिलिजुली युवा क्लब, बन्दीपुर–६ खहरेटार, तनहुँले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा मिलिजुली कप–२०८२” का क्रममा तनहुँ प्रेसका प्रधान सम्पादक अमरराज नहर्की तथा सञ्चालक विकास खनाललाई सम्मान–पत्र र नगदसहित सम्मान गरिएको छ।
क्लबले सञ्चालन गर्दै आएका शुद्ध गाउँ तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न गतिविधिहरूलाई तनहुँ प्रेसमार्फत नियमित रूपमा समाचार सम्प्रेषण गरी प्रचार–प्रसारमा सहयोग पुर्‍याएको भन्दै सम्पादक नहर्की र सञ्चालक खनाललाई सम्मान गरिएको हो।
उक्त अवसरमा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुङ, क्लबका अध्यक्ष रामबहादुर गुरुङ, सचिव जितबहादुर थापा तथा कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरले संयुक्त रूपमा नहर्की र खनाललाई सम्मान प्रदान गरेका हुन्।


कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुङले स्थानीय खेलकुद, संस्कृति र युवाको सक्रियतालाई उजागर गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।
यसै अवसरमा पत्रकार मदन वाग्ले, शंकरराज नहर्की र सुदिप पौडेललाई पनि सम्मान गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page