राप्रपा तनहुँको ९औँ जिल्ला अधिवेशन पौष २० गते हुने , अध्यक्ष राजेन्द्र लिङ्देन आउने
दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन पौष २० गते आइतबार दमौलीमा हुने भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा अधिवेशन आयोजना गर्न लागिएको हो।
अधिवेशन उद्योग वाणिज्य हल, दमौलीमा बिहान ११:३० बजेदेखि सुरु हुने राप्रपा तनहुँले जनाएको छ। अधिवेशनलाई भव्य र सफल बनाउन जिल्लाका सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई गरिमामय उपस्थितिका लागि आयोजक समितिले आह्वान गरेको छ।

अधिवेशनका अवसरमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा नेतृत्व चयनका विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष लिङ्देन विशेष रूपमा दमौली आउने भएकाले अधिवेशनप्रति कार्यकर्ताहरूमा उत्साह बढेको छ।



























