तनहुँमा काङ्ग्रेस सभापति सहित गाउँ नैँ रास्वपामा प्रवेश , स्वर्णिमले गरे स्वागत

तनहुँमा काङ्ग्रेस सभापति सहित गाउँ नैँ रास्वपामा प्रवेश , स्वर्णिमले गरे स्वागत

तनहुँ — तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित अकला बगैंचा टोलमा एकाएक राजनीतिक तरंग पैदा भएको छ। करिब १७० घरधुरी रहेको उक्त गाउँ टोलका सयभन्दा बढी घरधुरीले सामूहिक रूपमा काङ्ग्रेस टाेल सभापति काजी बस्नेत सहित विभिन्न राजनीतिक दल परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जिल्लाको राजनीतिक समीकरण नै हल्लिएको छ।
विशेषगरी नेपाली कांग्रेसका टोलसभापति बस्नेतसहित पूरै टोल नै रास्वपामा प्रवेश गरेको घटनालाई स्थानीय राजनीतिमा रास्वपाले ऐतिहासिक परिवर्तनका रूपमा हेरेको छ। यस्तो गाउँ टाेलनैँ प्रवेश त नेपालमै पहिलोपटक भएको हाे रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले दावी गरे । लामो समयदेखि परम्परागत दलसँग आबद्ध मतदाताहरूको यस किसिमको सामूहिक पार्टी परिवर्तनले कांग्रेससहित अन्य दलहरूलाई गम्भीर झट्का दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
नवप्रवेशीहरूलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले टीका लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले “जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्। अकला बगैंचा टोलको यो निर्णय परिवर्तनको स्पष्ट संकेत हो,” भन्दै रास्वपाले वैकल्पिक राजनीतिको भरोसा दिलाउने दाबी गरे।
स्थानीयवासीहरूले भने पुराना दलहरूले वर्षौंसम्म शासन गरे पनि विकास, सुशासन र जवाफदेहितामा असफल भएको आरोप लगाउँदै नयाँ राजनीतिक शक्तिमा भरोसा गरेर रास्वपा रोजेको बताएका छन्। “हामीले धेरै हे¥यौं, अब नयाँ बाटो रोज्यौं,” एक नवप्रवेशीले प्रतिक्रिया दिए।

यस घटनापछि व्यास नगर क्षेत्र मात्र होइन, समग्र तनहुँ जिल्लाको राजनीतिमा रास्वपाको प्रभाव झनै बढ्ने संकेत देखिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै यो सामूहिक प्रवेशलाई रास्वपाका लागि ठूलो उपलब्धिका रूपमा लिइएको छ भने अन्य दलहरूमा आन्तरिक समीक्षा र दबाब बढ्ने निश्चित देखिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page